ससस्त्र प्रहरीले बाेर्डरमा घुस लिएर भारतीय आईसक्रिम ब्यापारीहरुलाई नेपाल पठाउने गरेको खुलासा….

मिति: २०२३-०४-१८ , समय : ०८:१७:४२ , रबिन्द्र बराल

तस्बिर : सामाजिक सन्जालबाट

रबिन्द्र बराल

विराटनगर ।
नेपालमा उत्पादन हुने विभिन्न कम्पनीका आईसक्रिम उद्योगहरुले सिमाबर्तिमा सामान्य राेजिराेटी गर्ने युवा हरु लाई राेजगारी सृजना गरेता पनि नेपाली युवाहरुले साेचे अनुरुप आमदानी नभए पछि उनिहरुकाे व्यवसाय धरासयमा परेको छ । पछिल्लाे समयमा सिमाक्षेत्रमा रहेकाे चाेप्राह बाेडर, मायाँगञ्ज, नाेचा,आमगाछी,बल्डङ्गा ,सिक्टि लगायत का क्षेत्र बाट भारत मा उत्पादन हुने आईसक्रिम हरु लिएर नेपालकाे रंगेली स्थित संन्सारी मंन्दिर ,दर्वेशा, डाईनिया,कर्सिया , आमबाडि ,झुर्किया, रामचाेक लगायत स्थानमा भारतबाट अबैध रुपमा नेपाल प्रवेश गरेर सस्तो मुल्यमा आईसक्रिम बिक्रीवितरण गर्दे यहाँका साना व्यपारीहरुलाई समस्या परेको छ । सिमा खटिएका ससस्त्र प्रहरीहरुकाे लापरबाहीका कारण साना व्यपारीहरु मार्कामा पर्ने गरेकाे रंगेलीका साना व्यपारी कुमाेद रमानीले बताए । सिमा क्षेत्रमा खटिएका ससस्त्र प्रहरीकाे लापरबाहीका कारणले गर्दे नेपाल सरकारलाई कर तिरेर नेपालमा उत्पादन गरेर साना व्यापारीहरुले खरिद गरेर सिमाक्षेत्रमा बिक्रीवितरण गर्ने गरेता पनि भारतीय आईसक्रिम व्यापारीहरुले ससस्त्र प्रहरीकाे मिलेमतोमा नेपाल प्रवेश गरेर सस्तो मुल्यमा बिक्रीवितरण गरेकाे कारण आफूहरुलाई ठुलाे समस्या परेको व्यापारीहरुले बताए । ससस्त्र प्रहरीहरुले भारतीय व्यापारीहरुसंग एक ठेला बापत ५० रुपैयाँ देखि १ सय रुपैयाँ लिएर नेपाल पठाउने गरेको रंगेली ७ का आईसक्रिम व्यापारी रामचन्द्र सहनी ले बताए । ससस्त्र बिओपि रंगेलीका प्रहरी निरिक्षक सन्देश थापाका अनुसार साे कुराकाे जानकारी नभएको तर आफुले पनि भारत बाट भारतीय आईसक्रिम बिक्री का लागि नेपाल आएकाे स्युईकार गरेका छन । नेपालमा उत्पादन आईसक्रिम बिक्रेताहरुलाई समस्या परेको भारत बाट सिमाक्षेत्रमा हुदै नेपाल भित्रिने क्रममा सिमाक्षेत्रमा सुरक्षाका लागि खटाएको ससस्त्र प्रहरी हरु लाई भारतका आईक्रिम व्यापारीहरुले प्रत्येक दिन नेपाल भित्रिने क्रममा सुरक्षामा खटिएका प्रहरीहरुलाई १ सय रुपैयाँ देखि २ सय रुपैयाँ दिएर आउने गरेको एक भारतीय व्यापारीले बताए । भारतीय आईसक्रिम उत्पादन गर्ने एक व्यपारीका अनुसार आफुहरु ले सिमाक्षेत्रमा टेन्डर प्रकृियाबाट भारतीय ठेलाहरुलाई नेपाल पठाउने गरेको समेत बताए ।

प्रकाशित मिति: २०२३-०४-१८ , समय : ०८:१७:४२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित