आगलागीमा परेर दुई जना बालककाे मृत्युु ,१४ घर जलेर नष्ट
मिति: २०२३-०२-२५ , समय : ०६:४२:२३ , गामघर डेस्क
मिति: २०२३-०२-२५ , समय : ०६:४२:२३ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका-७ मा आगलागीमा परेर दुई जना बालककाे ज्यान गएको छ ।
शुक्रवार आज दिउँसो करिब २ बजे हिलिहाङ-७ यवाडाँडाका प्रेम पन्धाकको घरमा आगलागी हुँदा पन्धाकका पाँच वर्षीय छोरा सेसेहाङ पन्धाक र सन्तोष खातीका चार वर्षीय छोरा निशान खातीको ज्यान गएको हो।
दिउँसो अभिभावक जङ्गल गएकाे समयमा उनीहरु मात्रै घरमा रहेकाे बेला आगलागी भएकाे हाे ।
आगलागीकाे कारण भने खुल्न नसकेकाे वडाध्यक्ष धनकुमार लिम्बूले बताउनुभयो । आगलागीबाट घर पूर्ण रुपमा जलेकाे उहाँले जानकारी दिनुभयाे ।
त्यसेगरि तेह्रथुमकाे आठराई गाउँपालिका–६ चुहानडाँडाको हात्तीखर्कमा भीषण आगलागी भएकाे छ । आगलागीबाट अहिलेसम्म १४ वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट अझ धेरै क्षति भएको हुनसक्ने आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभएको छ।
यो आगो हात्तीखर्क गाउँको बस्तीमा फैलिएको हो । आगो निभाउन प्रहरी र स्थानीय बासिन्दा खटिएका गाउँपालिका अध्यक्ष पाहिमले बताउनुभयो ।
यता आगलागीको कारण भने खुल्न सकेको छैन ।
प्रकाशित मिति: २०२३-०२-२५ , समय : ०६:४२:२३ , २ वर्ष अगाडि