हुलाकी सडककाे निर्माण सम्झौता सम्पन्न भए पनि काम भने पूरा भएन…..सर्वसाधारण धुलाेमा हिडन बाध्य ……
मिति: २०२३-०४-१७ , समय : १३:२४:२२ , रबिन्द्र बराल
मिति: २०२३-०४-१७ , समय : १३:२४:२२ , रबिन्द्र बराल
रबिन्द्र बराल
विराटनगर ।
माेरङ्गकाे रङ्गेली बिराटनगर सडक खण्ड अन्तर्गत धनपालथान गाउँ पालिका ४ स्थित मंङ्गलबारे देखि बिराटनगर सम्म काे सडक धुल्यामै हुदा सर्वसाधारण हरु ले सास्ती भाेग्न बाध्य रहेका छन । सडक निर्माणकार्य मा ठेक्केदार कम्पनीको लापरबाही का कारण सडक धुल्यामै हुनुका साथै सडक समेत खाल्डाखुल्डी भएपछि दैनिकी साे सडकमा आवतजावत गर्ने सर्वसाधारण हरु ले जाेखिम माेलेर आवतजावत गर्ने बाध्य रहेका छन । बिगतका दिनहरु मा रंगेली देखि बिराटनगर सम्म पुग्नका लागि ३० मिनेटमा पुगिने भएता पनि अहिले बिराटनगर सम्म पुग्नका लागि डेर घन्टा सम्म लाग्ने गरेको स्थानीय बाल कृष्ण उप्रेतीले बताए । बिराटनगर पुगेर घर फर्कदा घुलाेका कारण बिरामी समेत पर्ने गरेको र सबारी साधन समेत बिग्रिने गरेकाे उप्रेती ले बताए । रंगेली बिराटनगर सडक खण्डकाे अन्तर्गत धनपालथान गाउँ पालिका मंङ्लबारे देखि बिराटनगर सम्म काे १६ किलोमिटर सडक निर्माणकार्य सुरु भएको ३ बर्ष बितिसक्दा समेत निर्माणकार्य ठेक्कदार कम्पनी काे बेवास्ता कारण दैनिकी सडका यात्रा गर्ने यात्रु हरु ले ज्यान जाेखिमा पारेर हिड्न बाध्य रहेका छन । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाक राजमार्ग निर्देशनालय ले उक्त सडक निर्माणकार्य का लागि पी/एस गजुरमुखिमोतिदान जे/वी लाई २०७६ कार्तिक २४ गते सम्झौता गरेर २०७९ कार्तिक सम्म निर्माणकार्य सम्पन्न गर्ने समय अबधि ३६ महिना काे दिएता पनि अहिलेसम्म पनि सडकाे काम सम्पन्न नहुदा सर्वसाधारण हरु ले सास्ती भाेग्न बाध्य रहेका छन । हुलाकी राजमार्ग अन्तर्गतको रंगेली नगरपालिका काे ७ किलोमिटर कालिका कन्ट्रक्सन ले ठेक्का समय भन्दा १ बर्ष अगाडि नै निमार्ण कार्य सम्पन्न गरेकाे भएता पनि मंङ्लबारे देखि बिराटनगर सम्मकाे १६ किलोमिटर सडक भने अहिलेसम्म निर्माणकार्य सम्पन्न हुन सकेको छैन । धनपालथान गाउँ पालीका काे मंगलबारे देखि जुडिपुल सम्मकाे सडक निर्माणकार्यका लागि पीएस गजुरमुखि मोतीदान जेभि बानेश्वरले पाएको छ । त्यसैगरी जुडि पुल देखि बिराटनगर काे हाटखाेला सम्मकाे सडक निर्माणकार्य गर्ने श्रेष्ठ कन्सट्रक्सन कँपनी हेटौडाले जिम्मेवारी पारेको हाे ।
प्रकाशित मिति: २०२३-०४-१७ , समय : १३:२४:२२ , २ वर्ष अगाडि