माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले मोर्चा बनाउने

मिति: २०२३-०४-१६ , समय : २१:२२:५१ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले केही दिनभित्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बीचमा मोर्चा बन्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले १५ दिनभित्र मोर्चा बन्ने जानकारी दिए। मोर्चाले सकारात्मक रूप लिए पार्टी एकतासम्म हुने सम्भावना रहेको उनको भनाइ छ।

‘अब हामी १०/१५ दिनभित्रै नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जसपाको बीचमा मोर्चा बनाउँदै छौँ। सकारात्मक रूप लियो भने यो एकतासम्म जान सक्ने सम्भावना छ। त्यो ठाउँमा हामी पुगेका छौँ,’ चौधरीले भने। नयाँ पत्रिकाकाट

प्रकाशित मिति: २०२३-०४-१६ , समय : २१:२२:५१ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्