दुबईको आवासीय भवनमा आगलागी, १६ जनाको मृत्यु

मिति: २०२३-०४-१६ , समय : १५:०६:२० , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

दुबई ।
दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन्।

सहरको पुरानो भागमा रहेको अल–रसछेउमा रहेको भवनको चौथो तलामा आगलागी हुँदा १६ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

निर्माण सुरक्षा र अग्नि सुरक्षा आवश्यकताको पालना नगरेको कारण आगलागी भएको सिभिल डिफेन्स फोर्सको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

दुबई संयुक्त अरब इमिरेट्सका सात इमिरेट्समध्येको एक हो। यहाँ करिब ३३ लाख जनसंख्याको बसोवास छ भने त्यसमा झन्डै ९० प्रतिशत विदेशी छन्। आगलागीमा ज्यान गुमाएका तथा घाइते भएकाको राष्ट्रियता भने खुलाइएको छैन।

सन् २०१७ देखि दुबईका अधिकारीहरूले आगोको जोखिम कम गर्न भवन नियममा कठोर प्रावधानको व्यवस्था घोषणा गरेका छन्। मुख्यतया भवनको बाहिरी आवरणमा प्रयोग हुने ज्वलनशील सामग्रीलाई लिएर कडा नियम ल्याइएको हो। एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०४-१६ , समय : १५:०६:२० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित