मधेस प्रदेश : जंगलमा सिकार गर्न गएका एकजना भरुवा बन्दुकसहित पक्राउ

मिति: २०२३-०४-१४ , समय : १५:०१:५२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर ।
महोत्तरीको जंगलमा सिकार गर्न गएका एकजना भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

बिहिबार मध्यान्ह साढे ३ बजेको समयमा बर्दिबास नगरपालिका ८ स्थित रहेको सागरनाथ बन बिकास प्रयोजना अन्तर्गत पर्ने हात्तिलेटको वन व्यवस्थापन शाखाको जगंलमा हातहतियार सहित केही मानिसहरुले जंगली जनावरको सिकार गरिरहेका छन भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटेको प्रहरी टोलीले दुई थान भरुवा बन्दुकसहित एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ पर्नेमा महाेतरिकाे बर्दिबास १४ नमुनाबस्ती बस्ने ४९ वर्षीय भिम भन्ने गणेश बहादुर मगर रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

सिकार खेल्दै गरेको अवस्थामा प्रहरीलाई देखी भरुवा बन्दुक जंगलको झारीमा फाली भाग्दै गरेको अवस्थामा उनीहरुलाई पिच्छा गर्दा मगर पक्राउ परेका हुन् ।

उनीसँगै सिकार गर्न आएका ३५ वर्षीय अविचन सदा फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुले जंगलको जंगली वनमाराको झारी भित्र फ्याकेको फाईरिङ्ग भईसकेको भरुवा बन्दुक १ नाल र तयारी हालतमा लोड भएको भरुवा बन्दुक १ नाल र सो भरुवा बन्दुकहरुमा प्रयोग हुने बारुद, फलामको छर्राहरु,सलाईको बट्टा काटी,कपडाको टुक्राहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-१४ , समय : १५:०१:५२ , 2 years अगाडि