प्रेस सेन्टरको नेपाल सप्तरीको वार्षिक सधारण सभा सम्पन्न

मिति: २०२३-०४-१३ , समय : १०:४९:३२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
प्रेस सेन्टर नेपाल जिल्ला समवन्य समिति सप्तरीको बार्षिक साधारणसभा एक कार्यक्रम बिच सम्पन्न भएको छ। प्रेस सेन्टर नेपालको जिल्ला अध्यक्ष दिनानाथ यादवको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला ईन्चार्ज अशोक मण्डलको प्रमुख आतिथ्यमा राजविराजमा बुधबार आयोजित एक समारोहका विच साधारणसभा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि मण्डलले विदेशी तत्वले धर्मको नाममा परिबर्तन उल्टाउने प्रयास गरिरहेको बताउनु भयो। उहाँले विभिन्न बाहनामा भईरहेको संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधिलाई रोक्न पत्रकारहरुले सशक्त रुपमा कलम चलाउनुपर्नेमा जोड दिनु भयो। धर्मले सामाजिक विखण्डन निम्त्याउँछ, उहाँले भन्नु भयो धर्म गरिवको दुश्मन हो, देश धर्मनिरपेक्ष हुनुपर्छ। उहाँले पत्रकारितामा भएको बेतिथी र विकृति अन्त्य गर्दै देश र समाजमा परिबर्तन ल्याउने पत्रकारकारिताको विकासमातर्फ जुट्न आग्रह गर्नुभयो।

पुर्व प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले परिबर्तनको सम्वाहक पत्रकारहरु भएको भन्दै सत्यतथ्यमा आधारित समाचार संकलनमा जोड दिनु भयो।

माओवादी केन्द्रका केन्द्रिय सदस्य सुर्यनाथ यादवले बर्तमान शासन व्यबस्थामा समेत शोषक बर्गको हालीमुहालीका कारण जनताले परिबर्तनको अनुभुति गर्न नपाएको बताउनु भयो। परिबर्तन विरोधीहरुले संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी भ्रम फैलाई रहेको बताउदै उहाँले जनताको ठुलो संघर्ष , त्याग र बलिदानीबाट प्राप्त बर्तमन व्यबस्था शिशु अबस्थामा रहेकोले सुन्दर रुप धारणका लागि पत्रकार सहित आग्रगामी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनु भयो।

प्रथम संविधान सभा सदस्य लक्ष्मी चौधरीले संघीयता जनतासमक्ष अझै पुग्न नसकेको बताईन। उहाँले संघीयको उपलब्धिको सम्बन्धमा जनतालाई बुझाउने पत्रकारहरुको भुमिका महत्वपूर्ण हुने बताईन।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य शिवराम यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, प्रेस सेन्टरका केन्द्रिय सदस्य देवराम यादव, मधेश प्रदेश अध्यक्ष किरण कुमार कर्ण, मुख्य सचिव गोपाल गुप्ता, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रावण देव, पुर्व अध्यक्ष मुरली प्रसाद यादव, सल्लाहकार मनोहर पोखरेल, सचिव रामनारायण विश्वास, प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण सिंह, माओवादी केन्द्रका मधेश प्रदेशका पुर्व सदस्य छेदी रजक (विमल) लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो।

प्रेस सेन्टर नेपाल सप्तरीका उपाध्यक्ष कमानन्द माझीद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष मन्जु कुमारी यादवले गरिन। साधारणसभाले संगठन विस्तार, आगामी नीति तथा कार्यक्रम पारित गर्ने प्रेस सेन्टर नेपालका अध्यक्ष दिनानाथ यादवले जानकारी दिनु भयो।

प्रकाशित मिति: २०२३-०४-१३ , समय : १०:४९:३२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित