सप्तरीको दक्षिणी भेगमा चोरीकाे घटनामा बृद्धि…..प्रहरी प्रशासन माेन

मिति: २०२३-०४-१३ , समय : ०५:५८:०१ , सन्जिव / जितेन्द्र यादव जितु

फाइल फाेटाे

सन्जिव / जितेन्द्र यादव जितु

बरहि । पछिल्लोपटक सप्तरीको दक्षिणी भेगमा चाेरिकाे घटनामा निकै बृद्धि भएको छ । साेहि क्रममा सप्तरीकाे छिन्नमस्ता गाउपालिका वडा न. – १ बरहि बिरपर टोलमा एके रात तीन जनाकाे घरमा चाेरि भएको छ । स्थानीय जितेन्द्र कुमार यादवको बासको टाटीले बनाएको कच्ची घरको मुल ढोका टोडि घर भित्रको स्टिलको दराज फुटाएर दराज भित्र रहेको कपडा,अन्दाजि रु.१०,००० ,सुनको मंगल सुत्र थान-१ रु.२५,०००, सुनको नाकको फुली थान-१ रु.१०,००० , चाँन्दीको हसुली थान-१ रु.२६,००० ,चाँदीको काडा थान-१ रु. ५००० गरी जम्मा ७६,००० हजार बराबरको चोरी भएको छ । त्यस्तै साेहि ठाउका संजय कुमार यादवको घरको मुल ढोका टोडि घर भित्र समाई काठको बाकस फुटाई रु.१,५०,००० नेपाली नगद र कपडा ५००० गरी जम्मा १,५५,००० हजार बराबरको चोरी भएको सप्तरी प्रहरीले जनाएको छ ।चाेरि कसले गरेको खुल्न नसकेपनि घटना पश्चात् ईलाका प्रहरी कार्यालय सखडा सप्तरीबाट टोली खटि गएको तथा घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता चाेरि भएको घर नजिकै सशस्त्र प्रहरी बल नेपाल ६ न. गणकाे कार्यालय समेत रहेपनि चाेरि भएको तर प्रहरी प्रशासन माेन रहेको अाराेप स्थानीयहरुले लगाएका छन ।

प्रकाशित मिति: २०२३-०४-१३ , समय : ०५:५८:०१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित