उपनिर्वाचन : ६ वटा संस्थालाई उपचुनावकाे पर्यवेक्षण गर्न अनुमति
मिति: २०२३-०४-१२ , समय : १४:५६:३३ , गामघर डेस्क
मिति: २०२३-०४-१२ , समय : १४:५६:३३ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । निर्वाचन आयोगले आउँदाे वैशाख १० गते आइतवार हुने प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि छ वटा संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ ।
निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थामा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासङ्घ नेपाल, विश्व उपभोक्ता महासङ्घ नेपाल, पूर्व न्यायाधीश फोरम नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल छन् । यी संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र खुलाई सिफारिश भई आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अनुमतिपत्र दिइनेछ । हिजाे मङ्गलवार बसेकाे आयाेगले बैठकले यी छ वटा संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएकाे हाे ।
‘पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट जारी गरिएको सूचना बमोजिम पेस भएका सात वटा निवेदनमाथि निर्वाचन पर्यवेक्षण निर्देशिका २०७९ बमोजिम छ संस्थाले आवश्यक प्रक्रिया पूरा गरेको पाइएकोले पर्यवेक्षण गर्न अनुमति दिने निर्णय भएको छ’, आयोगले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।
बारा निर्वाचन क्षेत्र नम्बर २, तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उपचुनाव हुँदैछ । उज्यालो
प्रकाशित मिति: २०२३-०४-१२ , समय : १४:५६:३३ , २ वर्ष अगाडि