मधेश प्रदेश : ज्याला माग्दा ठेकेदारले मजदुरलाई बोलाएर बाँधेर मोसो दले
मिति: २०२३-०४-१२ , समय : ११:४७:५१ , गामघर डेस्क
मिति: २०२३-०४-१२ , समय : ११:४७:५१ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । काम गरेको ज्याला माग्दा महोत्तरीमा एक निर्माण व्यवसायीले मजदुरलाई बोलाएर अमानवीय व्यबहार गरेको घटना सार्वजनि भएको छ ।
महोत्तरीको लोहारपट्टी नगरपालिका ६ का निमार्ण व्यवसायी ३५ वर्षीय कृष्ण मिश्रले एक मजदुरलाई चोरीको आरोप लगाएर चोकमा बाँधेर मोसो दलि कुटपिट गरेका हुन् ।
स्थानीय मजदुर २१ वर्षीय मोबारक नदाफमाथि यस्तो अमानवीय दुव्र्यबहार भएको हो ।
ठेकेदार मिश्र गत चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर कुटपिटसहित चोककै पोलमा पाता कसेर, केस मुण्डन गरी मोसो दलि अमानवीय व्यबहार गरेका हुन् ।
मिश्रलाई घटनाको भोलिपल्ट पक्राउ गरेर अमानवीय अपमानजनक व्यबहार कसुरमा मुद्दा चलाएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए ।
मुस्लिम धर्माम्बलम्बीको अहिले रमजान (रोजा) चलिरहेको छ । पीडित परिवारका अनुसार रमजान मनाउन निर्माण व्यवसायी मिश्रमा काम गरेको ज्याला नदाफले मागरेका थिए । पटक पटक ज्याला माग गर्दा नदिएपछि उनले काम गर्दैगर्दा लगेको औजार लगेका थिए । औजार लिएर आउनु पैसा दिन्छु भनेर शिव आश्रममा बोलाइ चोरीको आरोप लगाउँदै चोकमा लगेर अमानवीय ब्यबहार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
पीडितले जिल्ला प्रहरी कार्यालयमा मिश्र लगायतमाथि किटानी जाहेर दिएका छन् । अमानवीय अपमानजनक व्यबहार कसुरमा पाँचवर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ । टुडेपाटीबाट
प्रकाशित मिति: २०२३-०४-१२ , समय : ११:४७:५१ , २ वर्ष अगाडि