हरवाचरवाको अधिकार यात्रा मधेस प्रदेशकाे राजधानी जनकपुरधाममा
मिति: २०२३-०४-११ , समय : २३:१४:१८ , गामघर डेस्क
मिति: २०२३-०४-११ , समय : २३:१४:१८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
चैत २५ गतेदेखि न्यायिक पुनःस्थापनाको माग गर्दै पर्सा र सप्तरीबाट एकसाथ सुरु गरिएको हरवाचरवाको अधिकार यात्रा मंगलबार जनकपुरधाम आइपुगेको छ ।
हजारौंको संख्यामा सहभागी हरवाचरवाको ६ बुँदे मागसहितको अधिकार यात्रा जनकपुरधाम आइपुगेको हो ।
गत साउन २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा हरवाचरवा प्रथा मुक्त भएको घोषणा गरे पनि व्यवहारमा अझै कार्यान्वयन भएको देखिँदैन । सो प्रथा मुक्त घोषणा भएको नौ महिना बितिसक्दासमेत कागजमै सीमित भएपछि उनीहरूले पुनर्स्थापनाको माग गर्दै मधेस प्रदेशमा पाँचदिने अधिकार यात्राको शुरुवात गरेका थिए ।
दुई समूहमा विभाजन गरी सप्तरीको राजविराजबाट सुरु भएको पहिलो समूहको सो यात्रा लहान, बस्तीपुर, गोलबजार, औरही, गणेशमान चारनाथ, सहिदनगर हुँदै मंगलबार जनकपुरधाम पुगेको छ ।
यस्तै, वीरगन्जबाट निस्केको अर्को टोली पनि बहुदरमाई, जितपुर, कलैया, करैयामाई, कोल्भी, बलचनपुर, गरुडा, गौर, मंलगवा, ब्रह्मपुरी, जलेश्वर हुँदै जनकपुरधाम आइपुगेको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले जानकारी दिए ।
दास प्रथाबाट मुक्त हुन राजविराज र वीरगञ्जबाट सुरु गरिएको पैदल अधिकार यात्रा जनकपुरधाममा पुगेर समापन गरिएको उनले बताए ।
प्रकाशित मिति: २०२३-०४-११ , समय : २३:१४:१८ , २ वर्ष अगाडि