मधेस प्रदेश : जसपा नेपालका जिल्ला अध्यक्ष जेल चलान

मिति: २०२३-०४-१० , समय : ०९:४९:१७ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर । जिल्ला अदालत बाराले जसपा नेपालका जिल्ला अध्यक्ष अजय पटेललाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।

आइतबार भएको थुनछेक बहस पछि जिल्ला अदालत बाराका न्यायाधिश प्रकाश राउतको एकल इजलासले यस्तो आदेश दिएको हो ।

राउतमाथि बाराको परवानीपुरमा रहेको जग्गा कीर्ते गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

पटेलले बाराको परवानिपुर गाउँपालिका ६ मा रहेको १० बिगाह १५ कठ्ठा जग्गामा किर्ते कागज बनाई मोही खडा गरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: २०२३-०४-१० , समय : ०९:४९:१७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित