कांग्रेसलाई राष्ट्रपति तथा माओवादी र एकीकृत समाजवादीलाई प्रधानमन्त्री दिनेबारे छलफल

मिति: २०२३-०२-२४ , समय : १३:५२:१३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । चार दलबीच कांग्रेसलाई राष्ट्रपति तथा माओवादी र एकीकृत समाजवादीलाई प्रधानमन्त्री दिएर शक्ति बाँडफाँट गर्नेबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीबीच सत्ता समीकरण र शक्ति बाँडफाँटका विषयमा छलफल भएको हो । बैठकमा चुनावअघिको पाँच दलीय गठबन्धन बिउँताउनेदेखि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका बारेमा विषय प्रवेश भएर छलफल भएको हो ।

बैठकमा प्रधानमन्त्री पद चार वर्ष माओवादीलाई र एक वर्ष एकीकृत समाजवादीलाई तथा उपराष्ट्रपति जसपाले लिनेबारे कुराकानी भएको छ । यस विषयमा छलफलमात्रै भएको र निर्णय हुन भने बाँकी रहेको नेताहरूले बताएका छन् । बेलुकी ५ बजेपछि फेरि चार दलका शीर्ष नेताहरूबीच छलफल हुनेछ । त्यसअघि आ–आफ्ना दलभित्र छलफल गर्ने नेताहरूले बताएका छन् । उज्यालो अनलाइनबाट

प्रकाशित मिति: २०२३-०२-२४ , समय : १३:५२:१३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्