खुला रुपमा जाँडरक्सी बिक्री गर्न रोक……
मिति: २०२३-०४-०९ , समय : ०८:४५:३० , गामघर डेस्क
मिति: २०२३-०४-०९ , समय : ०८:४५:३० , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोलिदेखि आउँदो वैशाख ५ गतेसम्म खुलारुपमा जाँडरक्सी बिक्री गर्न रोक लगाएको छ ।
भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न/ गराउन जाँडरक्सी बिक्री वितरणलाई रोक लगाउने निर्णय गरिएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताउनुभयो ।
भोलिदेखि आउँदो वैशाख ५ गतेसम्म सञ्चालन हुने जात्रा अवधिभर खुलारुपमा जाँडरक्सी बिक्री हुँदा हिंसा, अपराध जस्ता घटना हुनसक्ने भन्दै जाँडरक्सीको खुला बिक्रीमा रोक लगाइएको उहाँको भनाइ छ ।
खुला वा बोतलमा जाँडरक्सीको बिक्री वितरण, ओसारपसार तथा खाएकाे पाइए प्रचलित कानुनबमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।
जात्राको समयमा ढुङ्गामुढा गर्ने, हुलहुज्जत तथा होहल्ला गर्ने र उच्छृङ्खल गतिविधि गर्नेलाई पनि कडा कारबाही हुनेछ ।
त्यसैगरी मध्यपुरथिमि नगरपालिकामा विशेष गरी आउँदो बिहीवार, वैशाख १ गते र वैशाख २ गते मनाइने सिन्दूर तथा जिब्रो छेड्नेलगायतको जात्रालाई पनि शान्ति पूर्णरुपमा सम्पन्न गर्न मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र खुला रुपमा जाँडरक्सी बिक्रीमा रोक लगाइएको छ । उज्यालो अनलाइनबाट
प्रकाशित मिति: २०२३-०४-०९ , समय : ०८:४५:३० , २ वर्ष अगाडि