सप्तरीका अधिकाश स्थानीय तहमा भ्रष्टाचारको जालो, राजविराज नगरपालिका लथालिङ्ग अवस्थामा

मिति: २०२३-०४-०७ , समय : २१:२०:१९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सिंहदरबारका रूपमा गाउँ–गाउँमा खडा भएका भनिएका स्थानीय सरकार अहिले जनतामाथि राम्रो सेवा प्रवाह भन्दा पनि मोज मस्तीको रूपमा स्थानीय सत्तालाई उपभोग गर्न थालेका छन् ।
सप्तरीको अधिकांस स्थानिय तहहरुमा पालिकाको स्रोत दुरुपयोग भईरहेको छ । स्थानीय तहहरुले भ्रष्टाचार गर्न संजालनै बनाएको पाईन्छ । यस जिल्लामा रहेको सरोकारवालाहरुको पनि साथ र सहयोग रहेको देख्न र बुझन सकिन्छ ।
जिल्लाको स्थानिय तहहरुमा यति बेला निमित्तको भरमा गाँउका सिंहदरवार चल्दै आएको छ । निमित्त हाकिमले वडा देखी मन्त्रालय सम्म कमिसन बुझाएर आफ्नो निमित्त पद जोगाएका हुन्छन ।
कमाउ धन्धामा लागेका निमित्त सफाई अमियान संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले चलाई सकेको छ । केही जनप्रतिनिधीहरुले बढी कमिशन पाउने लोभमा निमित्तको पद् बचाउन पैसाको पोको बोकेर मन्त्रालय धाईरहेका छन ।
जिल्लाको कंचनरुप, बोदेवरसाईन, हनुमाननगर, शम्भुनाथ नगरपालिकाहरु अहिले निमित्तकै भरमा चलिरहेको छ । यहाँबाट मन्त्रालयको कर्मचारी सम्मलाई कमिसन गईरहेको नगरपालिका कर्मचारी स्रोत जनाएको छ ।

राजविराज नगरपालिका लथालिङ्ग
राजविराज नगरपालिकाका तात्कालीन प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनु सरुवा भई गत फागुन ५ गते नै अन्यत्र गइसके पछि राजविराज नगरपालिका लथालिङ्ग बनेको छ ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत नआउँदा कार्यालय सञ्चालन समेत अलपत्र परेको छ । जनप्रतिनिधीहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत ल्याउने समेत निर्णय गरेर पैसाको पोको बोकेर मन्त्रालय धाइरहेको छ ।
राजविराज नगर कार्यपालिको निर्णयबाट नगरपालिकामै कार्यरत मनोज कुमार यादवलाई निमित्त बनाएर ल्याउने निर्णय भएपनि मन्त्रालयले मानेका छैन । जनप्रतिनिधीको यस्तो निर्णयले राजविराज नगरपालिका अस्तव्यस्त बनेका छन ।

को हुन मनोज र किन निमित्त बन्न चाहन्छ ….?
मनोज कुमार यादव राजविराज नगरपालिकामा कार्यरत सातौ तहका अधिकृत हुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको विस्वासपात्र मानिने यादव मंसिर ४ को चुनाबमा उपेन्द्रको दुत भएर काम गरेका थिए ।
उनलाई निर्वाचन आयोगले स्पष्टीकरण समेत सोधेको थियो । नगरपालिको स्रोत द्ुरुपयोग गर्ने माहिर रहेका यादवले नगरमा खरिद हुने औषधी समेत आफ्नो बुवाको नामबाट रहेको जगदिश फार्मेशी एण्ड सप्लायर्सको नाम खरिद गरेको देखिन्छ ।
झण्डै १९ लाख ९८ हजार ७ सय ६२ रुपैयाँ बराबरको औषधी खरिद गरि भ्रष्टाचार भएको नगरपालिकाद्वारा गठन गरिएको छानबिन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यादवले फार्मेसी आफुहरुकै रहेको स्वीकारेका छन ।
सडक बोडबाट आएको करोडौं रकम उनले आफ्नो विस्वास पात्र उपभोक्ता र कम्पनी संग सम्झौता गरेर गैर कानूनीरुपले अफ्नो अनुकुल कामहरु गरेका छन । यसमा निलम्बित मेयर भिमराज यादवको पनि संग्लनता रहेका कारण उनले मनोजलाई निमित्त बनाएर सडक बोर्डबाट भएका कामहरुको भुक्तानी लिने मनसाय रहेको कर्मचारी स्रोतले बतायो । मनोज यादवले सडक बोर्डवाट ५ करोड रुपैयाँको काम भइसकेको र त्यसको भुक्तानिको लागि पहल भईरहेको बताए ।
अहिले राजविराज नगरपालिकाको राजनीतिक नेतृत्व समेत कार्यवाहककै भरमा चलेको छ । निर्वाचित हुनुअघिको एक मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाचित नगर प्रमुख भिमराज यादव विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनी निलम्बनमा परेसँगै नगरपालिका पनि कार्यवाहककै भरमा चलिरहेको हो ।

बोदे बरसाईनमा पनि अख्तियारको दर्जनौ पत्र
स्थानीय प्रतिनिधिले स्थानीय जनताको सेवा प्रवाह र दायित्व निर्वाह गर्नेमा भन्दा सेवा सुविधा भोग गर्ने र ५ वर्षे कार्यकाल आरामका साथ बिताउने मनस्थितिमा लागेको प्रष्टै बुझ्न सकिन्छ ।
स्थानीय सरकार एवं त्यहाँ कार्यरत जनप्रतिनिधि र कर्मचारीले उही पुरानै केन्द्रीकृत शैलीको शासनलाई निरन्तरता दिन खोजेको देखिन्छ । स्थानीय सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र कार्यरत कर्मचारीहरू स्थानीय तहको दीर्घकालीन विकास र आमूल परिवर्तन भन्दा पनि अख्तियारको चरम दुरुपयोग गरी नीतिगत र संस्थागत भ्रष्टाचारमा लागेको कुरा अलिकति सचेततापूर्वक स्थानीय सरकारका गतिविधिलाई अध्ययन गरेको जोकोहीले छर्लङ्ग देख्न सक्छ ।
स्थानीय तहका लागि आवश्यक बिभिन्न सामग्री खरिद समितिमा बस्न, त्यसभित्रका अन्य सरकारी संस्थामा दरबन्दी वा कार्य जिम्मेवारी हुँदाहुँदै पनि स्थानीय तह (गाउँ र नगर कार्यालय) नछोड्न मरिहत्ते गर्ने र स्टोरकिपर तथा खरिद कार्यको भूमिकामा बस्नका लागि हुने रुवाबासीले यो कुराको पूरा पुष्टि गर्दछ । यसै विषय बस्तुमा केन्द्रीत रहेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोदे बरसाईन नगरपालिकालाई भ्रष्टाचार छानविन गर्न दर्जनौ पत्रहरु पठाएको छ । बोदे बरसाईन नगरपालिका वडा नम्बर ३ र वडा नम्बर ९ मा एउटै सडकमा दोहरो बजेट प्रयोग गरेर पटक–पटक गरी करोडौं भ्रष्टाचार भएको उजुरीहरु परेको आधारमा छानविनलाई अगाडि निरन्तरता दिईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सबै स्थानियतह उस्तै
सप्तरी जिल्लामा रहेका १८ वटा स्थानिय तह मध्ये अधिकांस स्थानितहरुमा भ्रष्ट्राचार गर्ने संजाल नै बनाएको छ । समाचार एजेन्सीहरुका अनुसार जिल्लाको कंचनरुप नगरपालिकामा सबैभन्दा बढी कमिसनको चलखेल भईरहेको छ, भने शम्भुनाथ नगरपालिकामा भ्रष्टाचारीको मतियार बनेको भन्दै पालिका प्रमुखनै निलम्बनमा परि सकेको छ । माई सञ्‍चार डटकमबाट

प्रकाशित मिति: २०२३-०४-०७ , समय : २१:२०:१९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित