सप्तरीमा थ्रेसरबाट घाइते महिला खातुनको मूत्यु

मिति: २०२३-०४-०७ , समय : २०:०३:३३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज ।
सप्तरीको खडक नगरपालिका वडा न. ८ खेस्राहा टाेलकी ३५ वर्षिया मैहरुम खातुन थ्रेसरबाट धाइतेको शुक्रवार मृत्यु भएको प्रहरीले जनाएको छ ।
खतुनले आफनै खेतमा गहु थ्रेसरमा दाउने क्रममा थ्रेसरको पटामा कपाल टाँसिएर टाउकोको कपाल सहित आधी छाला ताछिएको अवस्था गम्भिर धाइते भई उपचारको लागी बिराटनगर स्थित गोल्डेन अस्पतालमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो ।
प्रदेश २ –०१ –००१ त ०२१५ नं.को ट्याक्टर सहित थ्रेसर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक तत्काल फरार भएकोले खोजतलास कार्य भईरहेको र ट्याक्टर साहु सोही ठाउँका दिपेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-०७ , समय : २०:०३:३३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित