मधेश सरकारले २०८० मा ११ दिन अतिरिक्त बिदा दिने

मिति: २०२३-०४-०७ , समय : १८:३३:३४ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेश सरकारले २०८० मा ११ दिन सार्वजनिक बिदा दिने भएको छ ।

संघ सरकारले दिने बिदाका अतिरिक्त मधेश सरकारले विभिन्न चाडपर्व थत दिवसको अवसरमा वर्षभरिमा ११ दिन बिदा दिने गरि राजपत्र प्रकाशित गरेको हो ।

मधेश सरकारले बैशाख २ गते शनिवार सिरुवा पावनी, बैशाख १६ गते शनिवार जानकी नवमी, इस्लाम धर्मावलम्बीहरुको पर्व ईद, बकर ईद पैगम्बर मोहम्दको जन्मदिन, मंसिर ४ गते छठ पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

यस्तै, पुस १ गते विवाह पञ्चमी, माघ ५ गते बलिदानी दिवस, फागुन १ गते जनयुद्ध दिवस, चैत १३ गते तराई होली पर्वको भोलि पल्ट र चैत २१ गते राम नवमीको अवसरमा बिदा दिने गरि राजपत्र प्रकाशित गरिएको हो ।

प्रकाशित मिति: २०२३-०४-०७ , समय : १८:३३:३४ , 2 years अगाडि