ब्राजिलको एक पूर्व प्राथमिक विद्यालयमा आक्रमण : चार जना बालबालिकाको मृत्युु
मिति: २०२३-०४-०६ , समय : ०८:१२:४४ , गामघर डेस्क
मिति: २०२३-०४-०६ , समय : ०८:१२:४४ , गामघर डेस्क
गामघर डेस्क
ब्राजिल । ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको एक पूर्व प्राथमिक विद्यालयमा आक्रमण हुँदा चार जना बालबालिकाको ज्यान गएको छ ।
एक २५ वर्षीय आक्रमणकारीले ब्लुमेनाउ शहरमा निजी विद्यालय गुड सेफर्ड सेन्टरमा धारिलो हतियारले आक्रमण गरी चार जनाको हत्या गरेका सान्टा क्याटारिना राज्यका प्रहरी अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा अरु चार जना घाइते भएका छन् । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले विद्यालयमा भएको आक्रमणको निन्दा गर्नुभएको छ ।
उहाँले तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न प्रशासनलाई निर्देशन दिनुभएको छ । सान्ता क्याटारिनाका गभर्नरले घटनापछि स्थानीय क्षेत्रमा तीन दिनको शोक घोषणा गर्नुभएको छ । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०४-०६ , समय : ०८:१२:४४ , २ वर्ष अगाडि