२ दिनभित्र सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

मिति: २०२३-०४-०५ , समय : १२:४७:४२ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको दुई दिनभित्र सरकारले पूर्णता पाउने बताउनुभएको छ ।

बुधवार नेकपा (माओवादी केन्द्र) काे केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिनभित्रमा पूर्णरूपमा सरकार विस्तार हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतीपूर्ण रूपमा छ । अहिले सरकारले करिब–करिब पूर्णता पाएको छ । आज–भोलि शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ ।’

प्रधानमन्त्री प्रचण्डले अब सरकारको ध्यान पूर्णरूपमा नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताउँदै अबको बजेट गुणात्मक रूपमा र नागरिकले केही राहत पाउने गरी निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । नागरिकले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सबै परिवर्तन धरापमा पर्नसक्ने उहाँकाे भनाइ थियाे ।

प्रधानमन्त्रीले आफ्नो कार्यकालमा नागरिकमा आशा जगाउने अधिकतम काम गर्न प्रयास गर्ने पनि बताउनुभयो । उज्यालो अनलाइनबाट

प्रकाशित मिति: २०२३-०४-०५ , समय : १२:४७:४२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित