मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ

सामाचारकाे प्रभाव......

मिति: २०२३-०४-०३ , समय : १४:३५:५५ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज ।
मिटरब्याज उठाएको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । जनमतका केन्द्रीय सदस्य सुरेन्द्र शर्मा मधेसी आज बिहान सप्तरीको सदरमुकाम राजविराजबाट पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरकाे टाेलिले उनलाई ठगि गरेको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता नरेश कुमार सिहले जानकारी दिनुभयाे । उहाँका अनुसार पक्राउ परेका सुरेन्द्र माथि थप अावश्यक अनुसन्धान कार्य भइरहेको बताउनुभयो ।
यता सरकारले शनिबार मात्र पीडितसँग पाँचबुँदे सहमति गर्दै मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो । यसअघि जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसीले मिटरब्याज स्वरुप विभिन्न ब्यक्तिहरुबाट करोडौं रकम असुली गरेको समाचार गामघर डटकम सहितका सन्चारमाध्यमहरु प्रकाशन गरेको थियाे ।

प्रकाशित मिति: २०२३-०४-०३ , समय : १४:३५:५५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित