मधेश प्रदेश : मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

मिति: २०२३-०३-३० , समय : १८:२२:१९ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर ।
मधेस प्रदेशकाे सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

बिहिबार अपरान्ह करिब ४ बजे जिल्लाको हरिपूर्वा नगरपालिका–३, धनकौलमा ना ३४ प ८२८९ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भइ सडकभन्दा तल खाली खेतमा खस्दा मोटरसाइकलमा सवार दुई जना पुरुषको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता मृतकको अहिले सनाखत हुन सकेको छैन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कैलाश राईले प्रहरी चौकी हरिपूर्वाका प्रहरीले अहिले घटनास्थल सुरक्षित गरेर राखिरहेको र मुचुल्का गर्न तथा थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०३-३० , समय : १८:२२:१९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्