रामनवमीको अवसरमा राजविराजमा बृहत् शाेभा यात्रा…… विभिन्न मन्दिरहरुमा श्रद्धालुभक्तजनको घुँइचो ( तस्बिर सहित )
मिति: २०२३-०३-३० , समय : १६:०४:४१ , शुभ नारायण यादब
मिति: २०२३-०३-३० , समय : १६:०४:४१ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज । रामनवमीको अवसरमा सप्तरीको सदरमुकाम राजविराजमा बृहत् शाेभा यात्रा निकालिएको छ । राजविराज स्थित राम मन्दिरको प्राङगणबाट जय श्री राम..जय हनुमान नारा सहित हजारौंको सहभागीतामा निकालिएको साे शाुभा यात्रा नगरकाे विभिन्न भागकाे परिक्रमा गरेकाे थियाे । त्यस्तै रामनवमीको अवसरमा सप्तरीको विभिन्न मठमन्दिरहरूमा श्रद्धालु भक्तजनको भीड लागेको छ।
आज बिहानै देखि चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर लगायतका मठमन्दिरमा पूजाआराधना गर्न भक्तजनको भीड लागेको हो।
रामनवमीमा राम मन्दिर तथा जानकी मन्दिरमा दर्शन गर्नका लागि छिमेकी राष्ट्र भारतको सीमावर्ती क्षेत्रबाट समेत भक्तजनहरु आएका छन् ।
प्रकाशित मिति: २०२३-०३-३० , समय : १६:०४:४१ , २ वर्ष अगाडि