मधेस प्रदेश :आगलागी हुँदा जलेर एक बालिकाको मृत्युु , एक घाइते

मिति: २०२३-०३-२९ , समय : १४:४२:४० , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर । मधेस प्रदेशकाे रौतहटको ईशनाथ नगरपालिका–६ जयनगरमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्युु भएको छ । भन्ने अर्की एक बालिका घाइते भएकी छन् ।

गएराति १० बजेतिर मोजिबुल रहमानको घरमा आगो लागेको थियो । उहाँकी १२ वर्षीया छोरी राजिया खातुन सुतेको अवस्थामा आगोमा जलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । राजियाको ज्यान गएको र उनकी बहिनी १० वर्षीया सजिया खातुन घाइते भएकी छन् । उनको प्रादेशिक अस्पताल गौरमा उपचार भैरहेको छ ।

आगोले मोजिबुलको घरसहित १६ लाख रुपैयाँ र शेख ईशराजको घरसहित दुई लाख रुपैयाँ गरी १८ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । भुस र दाउराबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुमान छ । आगो गएराति नै निभाइएको छ ।

प्रकाशित मिति: २०२३-०३-२९ , समय : १४:४२:४० , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित