अमेरिकाको मिसिसिपीमा सङ्कटकाल घोषणा : आँधीका कारण जनजीवन प्रभावित
मिति: २०२३-०३-२७ , समय : ०९:५४:२२ , गामघर डेस्क
मिति: २०२३-०३-२७ , समय : ०९:५४:२२ , गामघर डेस्क
गामघर डेस्क
अमेरिका ।
अमेरिकाको मिसिसिपीमा सङ्कटकाल घोषणा गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिणी राज्य मिसिसिपीमा आएको विनाशकारी आँधीका कारण गरिएको सङ्कटकालको घोषणालाई अनुमोदन गर्नुभएको छ । उहाँले आँधी तथा चक्रवातबाट प्रभावित क्षेत्रमा पुनर्स्थापनाका प्रयासलाई तीव्र पार्न सङ्घीय सहायताको आदेश दिनुभएको छ ।
मिसिसिपी आपत्कालीन व्यवस्थापन निकायले आँधीबेहरी अझै केही दिन सक्रिय रहनसक्ने चेतावनी दिएको छ । शुक्रवार आएको आँधी र चक्रवातबाट मिसिसिपीमा कम्तीमा २६ जनाको ज्यान गएको छ । खोज तथा उद्धारको प्रयास भइरहेको पनि राज्य सरकारले जनाएको छ ।
दुई सय ६५ देखि तीन सय २० किलोमिटरको वेगमा पाँचदेखि १० मिनेटसम्म आएको आँधीले ठूलो क्षति गरेको छ । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०३-२७ , समय : ०९:५४:२२ , २ वर्ष अगाडि