राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत
मिति: २०२३-०३-२६ , समय : १७:४०:४७ , गामघर डेस्क
मिति: २०२३-०३-२६ , समय : १७:४०:४७ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ । आइतवार बसेको राष्ट्रिय सभाको बैठकबाट राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत भएको हो ।
डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सभासमक्ष पेस गर्नुभएको थियो । विधेयकमाथि सांसदहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो । विधेयकमा छलफल सकिएपछि राष्ट्रिय सभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक यही चैत १६ गते बिहीवार बिहान ११ बजेर १ मिनेटमा बस्नेछ । उज्यालो
प्रकाशित मिति: २०२३-०३-२६ , समय : १७:४०:४७ , २ वर्ष अगाडि