अमेरिकाको मिसिसिपीमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्युु

मिति: २०२३-०३-२५ , समय : २०:०५:४९ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

अमेरिका ।
अमेरिकाको मिसिसिपी राज्यमा आएकाे आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाकाे मृत्युु भएको छ । चार जना आँधीमा बेपत्ता भएका छन् भने थुप्रै मानिस घाइते भएका बीबीसीले जनाएकाे छ ।

करिब १६० किलाेमिटर प्रतिघण्टाकाे गतिमा आएकाे आँधीबाट अमेरिकाकाे शार्की काउन्टीमा १३, क्यारोल काउन्टीमा तीन र मुनरो काउन्टी दुई जना, हम्फ्रेज काउन्टीको सिल्भर सिटीमा एक जनाकाे ज्यान गएकाे छ । बेपत्ता भएकाहरुकाे खाेजी भइरहेकाे र मृतककाे सङ्ख्या बढ्न सक्ने खोजी तथा उद्धार कार्यमा खटिएकाहरुले जनाएका बीबीसीमा उल्लेख छ । एजेन्सीबाट

मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (एमईएमए) का अनुसार अमेरिकाकाे ज्याक्सनबाट करिब ११० किलोमिटर उत्तरमा रहेको शार्की र हम्फ्रेज काउन्टीमा खोजी तथा उद्धार कार्य भइरहेकाे छ ।

मृतक र बेपत्ताहरूको सङ्ख्या निकै हुनसक्ने अधिकारीहरूले बताएका छन् । शुक्रवार देशभरका विभिन्न क्षेत्रमा चक्रवातको चेतावनी जारी गरिएको थियो । एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०३-२५ , समय : २०:०५:४९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्