लोकतन्त्रकाे रक्षाका लागि लडिरहन्छु : कांग्रेसका नेता राहुल गान्धी
मिति: २०२३-०३-२५ , समय : १८:०६:५१ , गामघर डेस्क
मिति: २०२३-०३-२५ , समय : १८:०६:५१ , गामघर डेस्क
गामघर डेस्क
भारत । भारतीय कांग्रेसका नेता राहुल गान्धीले लोकतन्त्रका निम्ति निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँकाे देशको लोकतन्त्रको रक्षाका लागि लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे । उहाँले संसद् सदस्य हुनु र नुहुनुमा कुनै अन्तर नभएको उल्लेख गर्दै बेथितिविरुद्धको आफ्नो सङ्घर्ष जारी रहने बताउनु भएकाे छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख व्यापारिक सहयोगीमाथि आफूले छानबिनको माग गरेपछि घुमाउरो पाराले आफूलाई संसदबाट निष्कासन गरिएको बताउँदै उहाँले सुरत अदालतको निर्णयबाट आफू विचलित नभएको बताउनुभयो । आफू जस्तोसुकै धम्कीबाट नझुक्ने र नडराउने बताउँदै उहाँले प्रधानमन्त्री र व्यापारी गौतम अडानीबीचको सम्बन्धबारे प्रश्न गर्न कहिल्यै पछि नपर्ने दृढता व्यक्त गर्नुभयो । उहाँहरूको सम्बन्धको छानबिन हुनैपर्ने उहाँले दोहोर्याउनुभयो।
सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भन्नुभएको थियो । उहाँले भगौडा व्यापारी निरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भन्नुभएको थियो । नेता गान्धीको याे अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानी भएको जिकिर गर्दै भारतीय जनता पार्टी (भाजपा) का विधायक एवम् गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उहाँविरुद्ध मुद्दा दायर गर्नुभएको थियो।
गएकाे शनिवार अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको भोलिपल्ट उहाँलाई संसदबाट समेत हटाइएको हो । आलोचकहरूले विपक्षी र अधिकारकर्मीहरूलाई दबाउन मोदी सरकारले कानुन प्रयोग गरेको आरोप लगाएका छन् ।
गान्धीलाई संसदबाट हटाइको विरोधमा भारतका विभिन्न सहरमा आज विरोध प्रदर्शन भएका थिए । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०३-२५ , समय : १८:०६:५१ , २ वर्ष अगाडि