सप्तरीका सिडियाेद्वारा अस्पतालकाे अनुगमन , सुधार नभए कार्वाही गर्ने चेतावनी
मिति: २०२३-०३-२५ , समय : १७:५२:०६ , गामघर डेस्क
मिति: २०२३-०३-२५ , समय : १७:५२:०६ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा अाज राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालकाे अनुगमन गरिएको छ ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट सर्वसाधारणहरुलाई सहज रुपमा सेवा प्रदान भएको नभएको र चिकित्सक र कर्मचारीहरुको उपस्थिति लगायतका बिषयमा सप्तरी प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा र प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्की अस्पताल ईमेरजेन्सी वार्ड र प्रसुति लगायत अस्पतालकाे के कस्तो सेवा प्रवाह सम्वन्धमा आफै उपस्थिति भइ विरामी तथा कुरुवाहरु सँग सोधपुछ र अनुगमन तथा निरीक्षण गरी अस्पताल कर्मचारी हरुलाई तत्काल आवश्यक निर्देशन समेत दिनुभयो ।
उक्त अस्पतालको शैचालय ,सरसफाइ, औषधी , ल्याब , टिकट काउन्टर तथा जनशक्ति डियुटि परिचालन सम्वन्धमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश शाहलाई टेलिफोनबाट निर्देशन दिनुभयो। साथै छड्के चेक जाँच हामि कुनै पनि बेला आउन पनि सक्छौं तथा सुधार नभएमा कार्वाही समेत गर्ने चेतावनी प्रजिअ थापाले दिनुभयो ।
प्रकाशित मिति: २०२३-०३-२५ , समय : १७:५२:०६ , २ वर्ष अगाडि