मधेस प्रदेश : दुई ट्रक एक अापसमा ठोकिँदा तीन जनाको मृत्यु
मिति: २०२३-०३-२५ , समय : ११:२६:३२ , गामघर डेस्क
मिति: २०२३-०३-२५ , समय : ११:२६:३२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशकाे धनुषामा दुई ट्रक एक अापसमा ठोकिएर दुर्घटना भएको छ ।
अाज बिहान धनुषाको मिथिला नगरपालिका वडा न.३ हरिहरपुरमा ट्रक ठोकिँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको हो।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १- ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर तीन जनाको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयाे । उहाका अनुसार उक्त दुर्घटनामा सुनसरीका २८ वर्षिय चालक सागर चौधरी, सह चालक अर्जुन चौधरी र मोरङका ४४ वर्षिय लोकमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको बताउनुभयो । साेहि दुर्घटनामा सर्लाहीका २० वर्षिय नारायण श्रेष्ठ घाइते भएका छन्। उनको उपचार ढल्केवर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०३-२५ , समय : ११:२६:३२ , 2 years अगाडि