१० जिल्लाका सिडिओको सरुवा, के कहाँ पुगे …..नामावली सहित

मिति: २०२३-०३-२५ , समय : ०५:२७:३४ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाडौं ।
गृह मन्त्रालयले २२ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर गरेको छ । जसमा १० जिल्लाका सिडिओ हेरफेर भएका छन् ।

सहसचिवको दरबन्दीमा कार्यरत उपसचिवलाई हटाएर सहसचिवलाई नै खटाइएको छ । सहसचिव मेखबहादुर मगरातीलाई पाँचथर, रामकृष्ण अधिकारीलाई लमजुङ, जयकुमार घिमिरेलाई जुम्ला, प्रेमप्रसाद आचार्यलाई पर्वत, कोमलप्रसाद धमलालाई दोलखा, अनिता निरौलालाई रामेछापको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

यस्तै, वेदप्रकाश खरेललाई सल्यान, मदन कोइरालाई प्यूठान, रामकुमार महतोलाई जाजरकोट र थानेश्वर गौतमलाई धनकुटाको सिडिओ बनाइएको छ ।

सिडिओमा खटाइएका सहसचिवहरू दुई महिनादेखि मन्त्रालयमा जिम्मेवारविहीन थिए । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुखमा रामबन्धु सुवेदीलाई पठाइएको छ ।

सरुवामा केही जिल्लाका सिडिओ दुई महिनामै फेरिएका छन् । सहसचिवको दरबन्दीमा कार्यरत उपसचिव सिडिओलाई हटाएर सहसचिवलाई पठाइएको गृहका एक अधिकारीले बताए ।

प्रकाशित मिति: २०२३-०३-२५ , समय : ०५:२७:३४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित