नेपालमा कुल परिवार सङ्ख्या ६६ लाख ६६ हजार ९ सय ३७ रहेको
मिति: २०२३-०३-२४ , समय : १३:०२:०३ , गामघर डेस्क
मिति: २०२३-०३-२४ , समय : १३:०२:०३ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै – नेपालमा कुल परिवार सङ्ख्या ६६ लाख ६६ हजार ९ सय ३७ रहेको छ ।
नेपालको १२औँ राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजाले परिवार सङ्ख्या ६६ लाख ६६ हजार ९ सय ३७ देखाएको छ । यसमा आफ्नै घर हुने ८६ प्रतिशत रहेको छ भने भाडामा बस्ने १२ दशमलव ८ प्रतिशत छ । साथै संस्थागत शून्य दशमलव ६ र अन्य शून्य दशमलव ७ प्रतिशत रहेका छन् ।
एउटा घर परिवारमा चार जनाभन्दा बढी बस्ने गरेको पनि तथ्याङ्कमा उल्लेख छ । विवरण अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ ।
नेपालमा पुरुषभन्दा महिलाको जनसङ्ख्या ६ लाख ५७ हजारले धेरै छ । यस पटक बाग्मती र मधेस प्रदेशमा झण्डै २१ प्रतिशत जनसङ्ख्याको बसोबास छ । जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ ।
त्यस्तै, भक्तपुरमा सबैभन्दा बढी जनसङ्ख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसङ्ख्या वृद्धि भएको छ । नेपालमा २ हजार ९ सय २८ जना अन्य लिङ्गीको बसोबास रहेको छ । उज्यालो
प्रकाशित मिति: २०२३-०३-२४ , समय : १३:०२:०३ , 2 years अगाडि