सप्तरीको महादेवा गापामाथी परमादेशको आदेश जारी गर्न रिट निवेदन दर्ता

मिति: २०२३-०३-२३ , समय : १९:१९:५६ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज । उच्च अदालत जनकपुर,राजविराज इजलासमा परमादेशको आदेश जारी गर्न रिट निवेदन दर्ता भएको छ ।
महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल, गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव कुमार झा, १ न.ं वडाध्यक्ष जयश्वर किशोर दास र वडा न.ं १ का राजदेव मोची राममाथी परमादेशको आदेश जारी गर्न रिट निवेदन दर्ता गरेको हुन । साविक पकरी गाविस वडा नं. ७(क्) कि.न. १४८ क्षेत्रफल १९ कटठा ७ धुर रहेको पोखरीमा माछा पालन गर्न भुरा हालेको थियो । सो पोखरीवाट गत चैत १ गते बुधवारका दिन निजहरुले पोखरीबाट रेहु,सिल्भर,बिधेट,नैनी, समेत गरी ४ क्विन्टलको बजार मुल्य ८० हजारको माछा लगेको महादेवा १ का ललन कुमार गोइत र किरपाली महतोले दर्ता गरेको निवेदनमा उल्लेख गरेको हो । निजहरुलाई झिकी,बुझी स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ९७ र सोहीको दफा १६ ले दिएको अधिकार काम र कर्तब्य निजहरुले पुरा गर्ने गरी पोखरीको माछाको बिक्री मुल्य राजश्वमा बाँधी संचित कोष बैंकमा जम्मा गर्न परमादेशको आदेश जारीको लागी निवेदनमा भनिएको छ । सो सम्बन्धमा गापा अध्यक्ष मण्डलले यस सम्बन्धित आफुलाई कुनै किसिमको जानकारी नभएको बताउनु भयो । त्यस्तै गापाका प्रमुख प्रशासकिय अधिकृत झाले पनि यस सम्बन्धित आफुलाई कुनै किसिमको जानकारी अहिले नभएको बताउनु भयो । त्यस्तै वडाध्यक्ष दासले पोखरीको माछा मारेको स्वीकार्दै आईतवार १२ गते राजश्वमा दाखिला गर्ने बताउनुभयो । यस सम्बन्धित पेशी १० गते शुक्रवार हुने अदालतले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-२३ , समय : १९:१९:५६ , २ वर्ष अगाडि