सप्तरीमा अनाधिकृत रुपमा विद्युत चोरी गर्ने सयौ जना पक्राउ
मिति: २०२३-०३-२३ , समय : १६:१४:३२ , गामघर डेस्क
मिति: २०२३-०३-२३ , समय : १६:१४:३२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले अनाधिकृत रुपमा प्रयोग भइरहेको बिधुत नियन्त्रणका लागि चलाएको अभियान अन्तरगत दिनहु मानिसहरु पक्राउ पर्दैछन् ।
यसैक्रममा विहीबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल बिधुत प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानबाट विद्युत हुकिङ गरि चोरेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएको छ । यो संगै एक महिनाको अवधीमा विद्युत चोरी गरेको आरोपमा पक्राउ पर्नेको संख्या सयौ पुगेको छ ।
प्रहरीका अनुसार विष्णुपुर गाउँपालिकाका ४ का ६० वर्षिय नारायण खंग, ३४ वर्षिय बिजय कुमार मण्डल,६१ वर्षिय राज कुमार खंग, १८ वर्षिय रबिन्द्र कुमार मण्डल,तथा .राजगढ ६ का २४ वर्षिय.ं.डोमि राम र १८ वर्षिय सुन्दर कुमार रामलाई नियन्त्रणमा लिइएको हो ।
सबै जना प्राधिकरणको विद्युतिय पोलमा हुकिङ्ग गरी घरमा चोरीको विद्युत प्रयोग गरीरहेको अवस्थामा पक्राउ परेको वितरण केन्द्रका प्रमुख मधुसुधन यादवले जानकारी दिएका छन् । पक्राउ परेकाहरुबाट प्रति ब्यक्ती १५ हजार ५ सय जरिवाना वसुल तथा अब उप्रान्त विद्युत चोरी न गर्ने सचेत गराई मात्र छाडिने प्रहरीले जनाएको छ ।
विषेश गरी ग्रामिण क्षेत्रमा विद्युतिय पोलमा हुकिङ्ग गरी विद्युत चोरी गर्ने काम बढेको सूचना आउन थालेपछी नियन्त्रणका लागी सशस्त्र र नेपाल प्रहरीको सहयोगमा “विद्युत चुहावट नियन्त्रण अभियान” नै चलाइएको प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०३-२३ , समय : १६:१४:३२ , २ वर्ष अगाडि