पेन्सन सुधार कानुन यसै वर्षको अन्त्यसम्ममा लागू हुन्छ : फ्रान्सका राष्ट्रपति

मिति: २०२३-०३-२३ , समय : ०८:१९:४७ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

फ्रान्स ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले सरकारको विवादास्पद पेन्सन सुधार कानुन यस वर्षको अन्त्यसम्ममा लागू गर्ने बताउनुभएको छ ।

सरकारको निर्णयमा देशव्यापी विरोध भइरहेको छ । साथै फ्रान्सको संवैधानिक अदालतले पनि आफ्नो अन्तिम निर्णय दिन बाँकी नै छ । तर राष्ट्रपति म्याक्रोले पेन्सन सुधार कार्यक्रम यसै वर्षको अन्त्यसम्ममा लागू गर्न आवश्यक रहेको बताउनुभएको छ ।

फ्रान्समा विपक्षी दलले पनि पेन्सनको उमेरलाई ६२ वर्षबाट बढाएर ६४ वर्ष बनाउने सरकारको निर्णयको विरोध गर्दै आएकाे छ। ‘आजका दिनमा हुने अलोकप्रियता स्वीकार्नु आवश्यक छ र म यसलाई स्वीकार गर्नेछु’, राष्ट्रपति म्याक्रोले भन्नुभएको छ ।

उहाँले सुधारको कार्यक्रमबारे सबैलाई आश्वस्त पार्न आफूले कोसिस गरिरहेको तर अझै सफल हुन नसकेको समेत बताउनुभएको छ । एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०३-२३ , समय : ०८:१९:४७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्