मधेस प्रदेश : रामजानकी रंगशालामा दुई अर्ब लगानी गर्ने मधेश सरकारको घोषणा

मिति: २०२३-०३-२२ , समय : १५:४५:४४ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशकाे राजधानी जनकपुरधाममा निर्माणधीन अन्तर्राष्ट्रिय रामजानकी रंगशालालाई पूर्णता दिन मधेश सरकारले दुई अर्ब रुपैयाँ दिने घोषणा गरेको छ ।

बुधबार जनकपुरधाम उपमहानगरपालिका १४ रजौलस्थित निर्माणधीन रंगशालाको स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले यस्तो घोषणा गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएको बेला घोषणा गरेको एक अर्ब र मधेश सरकारले थप एक अर्ब गरी दुई अर्ब रुपैयाँ लगानी गरेर रंगशालालाई पूर्णता दिने मुख्यमन्त्री यादवले बताए ।

उनले देशकै सुविधासम्पन्न नमुना रंगशाला बनाएर र अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने समेत घोषणा गरे ।

२०७४ सालमा राष्ट्रिय खेलकुद परिषद् राखेपले तीन वर्षभित्र जनकपुरधाममा सुविधासम्पन्न रंगशाला बनाउने भन्दै रंगशाला निर्माणका लागि लक्ष्मण मन्दिरको १७ बिघा जग्गा ३० वर्षका लागि गुठी संस्थानसँग भाडामा लिएको थियो ।

प्रकाशित मिति: २०२३-०३-२२ , समय : १५:४५:४४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्