झण्डै ३६७ किलो अबैध गाँजा बरामद : नामटार देखि थियोे गांजाकाे सेटिङ …सबै चाैकीलाई महिनावारीमा ठेक्का
मिति: २०२५-०४-२० , समय : १३:४५:०१ , गामघर डेस्क
मिति: २०२५-०४-२० , समय : १३:४५:०१ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । मधेस प्रदेशको बारा स्थित इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको ३६७ केजी गांजा मकवानपुर प्रहरीको सेटिङ र संरक्षणमा गएको पुष्टि भएको छ । उक्त गांजा प्रहरीले नै सूचना पाएर पनि पक्राउ नगरी छाडेको र सुराकीले इलाका प्रहरी कार्यालय सिमरालाई सूचना दिएपछि मात्रै बरामद भएको थियो ।
गांजाका काराेवारीहरूले मकवानपुरकाे नामटार , भैंसे , चाैकीटाेल , इप्रका पशुपतिनगर र रातमाटे प्रहरीलाई सेटिङ मिलाएर गांजा बारा जिल्ला पुर्याउन सफल भएका थिए । अहिले यो रूटबाट प्रहरी संरक्षणमा व्यापक गांजाकाे तस्करी भैरहेको छ । सेटिङ नमिल्ने र सम्पर्कमा नआएका काराेवारीका गांजा मात्रै प्रहरीले पक्राउ गर्दै आएको आराेप लागेको छ । गांजा काराेबारीहरूले यी सबै प्रत्येक प्रहरी चाैकीलाई ३० हजार देखि ५० हजार सम्म दिएर आफ्नो अवैध काराेवार सुचारू गरिरहेका छन् । अहिले नामटारमा असई हिरा श्रेष्ठ , भैंसेमा असई माधव खड्का , चाैकी टाेलमा असई संजिव कुमार साह , पशुपतिनगरमा निरीक्षक बिमला कडायत र रातमाटे प्रहरी चाैकीमा असई सागर रूम्वा प्रमुखको रूपमा कार्यरत छन् । तर गांजा तस्कर र गांजा बाेक्ने गाडीको ड्राइभरले उक्त दिन उक्त गांजा बाेकेकाे गाडी रातमाटे चेक पाेष्टकाे बाटो प्रयोग नगरी ऋद्विसिद्वी सिमेन्टको बाटो हुदै बारा पुर्याएकाे समेत खुलेको छ। चेकपोस्टमा रहेको सिसिटिभी फुटेजबाट समेत उक्त गाडी मुख्य बाटो नगई अर्को बाटो प्रयोग गरेको देखिएको र ड्राइभरले समेत साेही अनुसारको बयान प्रहरी समक्ष दिएको इप्रका सिमराबाट थाहा भएको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टाेलीले अवैध लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ । गएराति अन्दाजी ११ः४५ बजे जीतपुर सिमरा उपमहानगरपालिका ३ बजनी स्थित हेटौडाबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई राखिएको ३०५ किलो गाँजासहित ३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरका राजन लामा, ट्रकमा सवार ईश्वर लोप्चन र ओसार पसारमा संलग्न जीवन ठोकर रहेका छन् । त्यस्तै ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोली प्रसौनी ४ खुटवा बस्ने पवन कुमार साहलाई पक्राउ गरेको छ ।
आफ्नै घरमा विक्री वितरण गर्ने र लुकाई छिपाई राखेको लागू औषध गाँजा २ किलो १४० ग्राम बरामद गरी उनलाई पक्राउ गरिएकाे हाे । गए राति नै इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले पचरौता १ मुसहरीटोल स्थित मकै बारी हुँदै भारत तर्फ ओसार पसार गर्दै गरेको ६० किलो गाँजासहित राजबिहारी कुमारलाई पक्राउ गरेको छ ।
प्रकाशित मिति: २०२५-०४-२० , समय : १३:४५:०१ , 17 hours अगाडि