सप्तरीमा डा.सीके राउतले शिलान्यास गरेको अधिकाश योजनाहरुकाे काम बिना होर्डीङ्ग बोर्डकै…

मधेश प्रदेशका विनियोजित योजनाहरु जनमत पार्टीका जनप्रतिनिधीहरुले विक्री गरेर करोडौ रकम असुली गरीरहेको खुलासा

मिति: २०२५-०४-१५ , समय : १७:५१:१७ , एस.एन. यादब

तस्बिर : गामघर टिभि

एस.एन. यादब

राजविराज ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त( सिके) राउतले शिलान्यास गरेको योजनाहरुमा होर्डीङ्ग बोर्ड नलगाई काम शुरु गरेको छ ।
सप्तरी जिल्लामा मधेश प्रदेशको विनियोजित योजनाहरु जनमत पार्टीका जनप्रतिनिधीहरुले विक्री गरेर करोडौ रकम असुली गरीरहेको स्थानियको आरोप छन । सप्तरीको विभिन्न पालिकाहरुमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. राउत,‘मधेस प्रदेश सरकारका मुख्यमन्त्रि सतिशकुमार सिहं,मन्त्रि तथा सांसदहरु लगायतले २० देखि ३० प्रतिशतमा योजना विक्री गरेर करोडौ रकम असुली गरीरहेको स्थानियहरुको आरोप छन ।
डा. राउतले सप्तरीको महादेवा गाउपालिका वडा न. १ पकरी स्थित भरत ठाकुरको घरदेखि खाडोैं खोला बाँधसम्म आर.सी.सी ढलान, पकरी सोनरा ग्राम उधोैग, पकरी सदा टोल स्थित दिनाभद्री मन्दिरदेखि खाडौ खोला बाँधसम्म आर.सी.सी.ढलान, महादेवा गापा २ समन पोखरीदेखि धनराज इसरको घरसम्म नाला निर्माण,राजविराज नगरपालिका वडा न.१० स्थित दिघवामा प्रादेशिक स्पेस एवम् कम्यूनिकेशन रिसर्च सेन्टर , कल सेन्टर र इन्नोभेशन सेन्टर,चन्द्रनहरको हुलाकी सडकदेखि सोनरा राप्रावि स्कुलसम्म माटो ग्राभेल,बल्थि स्कुलदेखि बल्थिपुछारसम्म माटो ग्राभेल लगायत योजनाहरुको डा.राउतले जनमतका नेता तथा कार्यकर्ताको उपस्थितीमा तामझामका साथ केही दिन अघि शिलान्यास गरी केही योजनाको निर्माण कार्य अगाडी बढाएको छ । योजनाहरुको निर्माण कार्य अगाडी बढाएको उपभोक्ता समितिको नामावली,सम्झोता गरेको मिति,सम्झोता अबधी,सम्झोता रकम लगायतको होर्डीङ्ग बोर्ड समेत नराखी,स्टीमेट समेत गोप्य राखिएको स्थानियहरुकाे आरोप छन । डा. राउतले निर्वाचनको समयमा यस क्षेत्रका सोझा सिधा मतदाता समक्ष हजारौं युवालाई रोजगारी दिने,शिक्षा,स्वास्थ्यमा निशुल्क,मल,खाघ,घर बनाई दिने,सिचाइको लागी बिजुली उपलब्ध गराउने लगायतको झुटा आश्वाषण बाडेर विजय समेत भएका थिए ।
विभिन्न योजनाहरुको उपभोक्ता समिति चोरी छिपी गठन गरेको छ । सो समितिमा जनमत पार्टीका नेता तथा कार्यकर्ता र आफन्त लगायतलाई समितिमा राखेको स्थानियबासिहरुकाे आरोप छन । यता साे सम्बन्धमा सम्बन्धित उपभोक्ता समितिसग सम्पर्क गर्दा फाेन उठेन ।

प्रकाशित मिति: २०२५-०४-१५ , समय : १७:५१:१७ , 24 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित