इजरायलले गरेको आक्रमणमा परेर गाजामा २९ जनाको मृत्युु ,५० जनाभन्दा बढि घाइते

मिति: २०२५-०४-१० , समय : ०८:१५:३९ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

काठमाडौं ।
इजरायली हवाई आक्रमणमा गाजाको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ । आक्रमणमा ५० जनाभन्दा धेरै मानिस घाइते भएका गाजाका सिभिल डिफेन्सका प्रवक्ता महमूद बसलले बताउनुभयो ।

इजरायलले नागरिकका घरलाई लक्षित गर्दै आक्रमण गरेपछि त्यस क्षेत्र पुरै नष्ट भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

योसँगै गएको २४ घण्टामा अस्पतालमा ३६ वटा शव ल्याइएका गाजा स्वास्थ्य अधिकारीले बताएका छन् । यसैबीच गाजाका स्वास्थ्य अधिकारीहरूले गाजा क्षेत्रमा लगभग ६० हजार बालबालिकामा कुपोषणको समस्यामा रहेका बताएका छन् ।

यो सङ्कट इजरायलले जारी राखेको नाकाबन्दीका कारण उत्पन्न भएको हो, जसले खाद्यान्न, मानवीय सहायता र चिकित्सा आपूर्ति गाजामा प्रवेश गर्न रोकिएको छ ।

गाजामा रहेको स्वास्थ्य अधिकारीहरूले नाकाबन्दीले अत्यावश्यक पोषण र स्वास्थ्य सेवामा गम्भीर प्रतिबन्ध लगाएको बताएका छन्, जसले गाजा क्षेत्रमा रहेका बालबालिकाहरूको स्वास्थ्यलाई थप सङ्कटमा पारिरहेको छ ।

कुपोषणका कारण शारीरिक र मानसिक विकासमा समस्या आउन सक्ने र उनीहरूको रोग प्रतिरोधक क्षमता कमजोर पार्ने सम्भावना बढेको छ ।

संयुक्त राष्ट्र सङ्घको मानवतावादी सहायता समन्वय कार्यालयले २ मार्चदेखि गाजा जाने सबै सीमा नाकाहरू बन्द रहेका जनाएका छन्, जसले मानवीय र व्यापारिक ढुवानीलाई प्रभावित गरेको छ । एजेन्सी

प्रकाशित मिति: २०२५-०४-१० , समय : ०८:१५:३९ , 4 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित