बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी विधेयक संसदमा पेस

मिति: २०२३-०३-१९ , समय : १५:१२:०२ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक २०७९ संसदमा पेस गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विधेयक पेस गर्नुभएको हो । विधेयकको विरोधमा राप्रपा र नेपाल मजदुर किसान पार्टीले विरोधको सूचना दर्ता गराएका छन् । उनीहरूले द्वन्द्वकालमा गम्भीर मानव अधिकारको उल्लङ्घन गरेका घटना र फौजदारी अभियोगका घटनालाई पनि मिलापत्र गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रकाशित मिति: २०२३-०३-१९ , समय : १५:१२:०२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्