स्ववियु निर्वाचन : मविव क्याम्पस राजविराजमा विभिन्न बिघार्थि सङ्गठनबिच झडप , केही समय मतदान स्थगित …( तस्बिर सहित )
मविव क्याम्पस राजविराजमा स्ववियु निर्वाचन सुरू, ३ सय जनाले गरे मतदान ,
मिति: २०२३-०३-१९ , समय : १३:१९:२९ , गामघर डेस्क
मिति: २०२३-०३-१९ , समय : १३:१९:२९ , गामघर डेस्क
गामघर डेस्क
राजबिराज ।
मबिव क्याम्पसमा स्ववियु निर्वाचनमा अहिले सम्ममा ३ सय जना बिधार्थी मतदान गरेकाे छ।
शनिवार बिहान ९ बजे ३० मिनेटमा सुरू भएकाे निर्वाचनमा बिधार्थीहरूले स्ववियु पदाधिकारी चयनका लागि मतदान गरिरहेका छन।
यसेबिच स्ववियु निर्वाचन मविव क्याम्पस राजविराजमा धान्धलि भएको भन्दै विभिन्न बिघार्थि सङ्गठनबिच केही समय झडप समेत भएको छ ।झडपका कारणले केहि समय मतदान समेत स्थगित भएको थियाे ।
यता विगत लामाे समय पछि चुनाव हुन लागेकाे स्ववियु निर्वाचनमा जसपा/ लाेसपा/ नेकपा माअाेवादी संयुक्त बिधार्थी गठबन्धन, नेबि सँघ र अनेरास्ववियु/ अनेरास्ववियु(एस) बिधार्थी गठबन्धन बिच त्रिकाेणात्मक प्रतिस्पर्धा हुने भएकाे छ।
झन्डै १४ बर्ष पछि हुन लागेकाे स्ववियु निर्वाचनमा मबिव क्याम्पसकाे सभापति पदका लागि ५ जनाले प्रतिस्पर्धा गर्दैछन।
प्रत्यक्ष तर्फ सभापतिमा जसपा, लाेसपा, नेकपा माअाेवादी निकट बिधार्थी गठबन्धनवाट समाजवादी बिधार्थी युनियनका रंजित कुमार यादब, सचिवमा सुनिल कुमार मण्डल र काेषाध्यक्षमा मेनुका साहले उम्मेदवारी दिएका छन।
त्यस्तै नेकपा एमाले/ नेकपा एस निकट गबन्धनवाट सभापतिमा रंजिव कुमार साह, सचिवमा सत्य नारायण चाैधरी र काेषाध्यक्षमा मनिषा कुमारी साह रहेकाे छ।
यसैगरी नेवि सँघवाट सभापतिमा महेश कुमार यादब,सचिवमा गजेन्द्र प्रसाद साह, काेषाध्यक्ष टिना कुमारी अानन्द रहेकाे छ।
यसरी बिधार्थी जनमत सँघकाे तर्फ वाट सभापतिमा रामभजन कुमार मण्डल, सचिवमा मनाेज कुमार साह, र काेषाध्यक्षमा पुरषाेतम रामले उम्मेदवारी दिएकाे छ।
यता अाम बिधार्थी माेर्चाले डाेली कुमारी दासलाई सभापति पदमा उम्मेदवारी दिएका छन।
मबिव क्याम्पसमा १९ पदका लागि हुने स्ववियु चुनावमा प्रत्यक्षवाट १० जना र समानुपातिकवाट ९ जनाकाे बहुमति प्रणालीवाट चयन गरिने निर्वाचन अधिकृत रामअशिष यादबले जानकारी दिए।
१ हजार ९ सय १४ बिधार्थी मतदाता रहेकाे निर्वाचन अधिकृत रामअशिष यादबले बताए।
प्रकाशित मिति: २०२३-०३-१९ , समय : १३:१९:२९ , २ वर्ष अगाडि