स्वास्थ्यकर्मी जनमत संघको केन्द्रीय अध्यक्षमा डा. सि.के. सिंह चयन

मिति: २०२३-०३-१९ , समय : ११:३९:२६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
स्वास्थ्यकर्मी जनमत संघको केन्द्रीय अध्यक्षमा डा. सि के सिंहलाई सर्वसम्मत चयन गरेको छ।
सिदार्थ फुडल्याण्ड पुरानो बानेश्वरमा जनमत पार्टीका अध्यक्ष माननीय डा. सी.के. राउतको प्रमुख अातिथ्यमा डा. सिंहलाई चयन गरेको हो।

त्यसेगरी अतिथिहरुमा कृषि मन्त्रालय प्रदेश नं २ का कृषिमन्त्री वसन्त कुशवाहा, प्रदेश नं २ कै कृषि राज्यमन्त्री सञ्जय यादव, अनिता शाह, सतीश कुमार सिंह, चन्दन सिंह , सुरेन्द्र नारायण यादव, दीपक कुमार शाह र भूपेन्द्र यादव रहनुभएको थियो।

उक्त कार्यक्रममा लगभग ५०० जनाको सहभागिता रहेको थियो।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले स्वास्थ्यकर्मी जनमत संघको घोषणा तथा पार्टी प्रवेश गर्नेलाई शुभकामना तथा बधाई दिनु भएको छ। जनमत पार्टीमा लगभग सय जना स्वास्थ्यकर्मीले प्रवेश गरेका छन्।

जनमत पार्टीका सबै स्वास्थ्यकर्मीहरु एकजुट भएर संघमा नेपालको स्वास्थ्य तथा समस्या समाधानका काम गर्नुपर्छ र सबै जना हामी एक जुट भयो भन्ने जनमत पार्टीले देशको नेतृत्व लिन सकिने र अर्को वर्ष स्वास्थ्यकर्मी जनमत संघको आमसभा टुँडिखेलमा नै हुने डा. सीके सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०३-१९ , समय : ११:३९:२६ , 2 years अगाडि