बिना दहेज विवाह गर्ने जाेडिलाइ अभियानले गरे सम्मान

मिति: २०२३-०३-१९ , समय : ११:२९:२४ , शुभ नारायण यादब

शुभ नारायण यादब

राजविराज । बिना दाइजो बिहे गर्ने नव दम्पतीलाई बाल विवाह एबम् दाइजो उन्मूलन अभियानको तर्फबाट एक युगल जाेडिलाइ सम्मान गरेको छ ।
सप्तरीको तिलाठी काेईलाडी गाउँपालिका वार्ड नं -७ बभनगमा टाेल निवासी युवा पत्रकार नवीन कुमार यादवले कंचनरुप नगरपालिका ,रूपनगर, विष्णु मन्दिरटाेल -९ निवासी रंजना कुमारी यादवसँग मिति २०७९ साल फाल्गुन २५ गते बिना दाइजो विवाह बन्धनमा बाँधिएका हुन् ।
बाल विवाह एवम् दाइजो उन्मूलन अभियानको तर्फबाट केन्द्रीय अध्यक्ष डा.सी.के.सिंह ,डाक्टर सुनिल सिह र महासचिव केदार प्रसाद साहको संयुक्त हस्ताक्षर रहेको सम्मान–पत्र अभियानको अभियानका सदस्य संतोष यादवले नव दम्पतीलाई हस्तान्तरण गरेकाे छ ।
अभियानको तर्फबाट हार्दिक बधाई तथा शुभकामना सहित उत्तरोत्तर प्रगतिको कामनाको साथै बाल विवाह एबम् दाइजो उन्मूलन अभियान परिवार सलाम समेत ब्यक्त गरेका छन । बिना दहेज विवाह गरेर ती युगल जाेडिले समाजका लागि एउटा नमुना उदाहरणीय काजकाे शुरुवात गरेकोले सम्मान गरेको अभियानले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-१९ , समय : ११:२९:२४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित