गाँजा तस्करीको हव बन्दै सप्तरी : ठूलो मात्रामा गाँजा बरामद

मिति: २०२५-०२-०८ , समय : ०९:२९:०१ , गामघर डेस्क

फायल फाेटाे

गामघर डेस्क

राजविराज । पछिल्लोपटक सप्तरी जिल्ला गाँजा तस्करीको हव बन्दै गएको खुलासा भएको छ । साेहि क्रममा सप्तरीबाट पुनः ठूलो मात्रामा गाँजा बरामद भएको छ ।
सप्तरी प्रहरी श्रोतका अनुसार ७ क्वीन्टल भन्दा बढी गाँजा बरामद भएको छ । शुक्रबार राति १ बजेतिर जिल्लाकाे बाेदे बर्साइन नगरपालिका वडा न.३ स्थितबाट गाँजा बरामद भएको हाे ।
उक्त स्थानबाट एउटा स्करपियाे गाडी समेत प्रहरीले बरामद गरेको छ । यस विषयमा थप जानकारी दिन प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गर्ने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०२-०८ , समय : ०९:२९:०१ , ६ घन्टा अगाडि