मधेस प्रदेश : झन्डै ६ क्विन्टल गाँजासहित ट्रक चालक पक्राउ
मिति: २०२५-०२-०७ , समय : ११:५२:२४ , गामघर डेस्क
मिति: २०२५-०२-०७ , समय : ११:५२:२४ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको महोत्तरी प्रहरीले ६ क्विन्टल लागू औषध गाँजासहित एक ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
महोत्तरीकाे भंगाहा नगरपालिका वडा न.६ मजरा स्थित बर्दिबास–जलेश्वर सडकखण्डमा जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी नन्दकिशोर प्रसाद चौहानका अनुसार, ट्रकको हुडमा कालो प्लास्टिकले बेरिएको ४० वटा रातो प्लास्टिकका पोका फेला परेको हो । जसमा ६०४ किलो गाँजा रहेको जिल्ला प्रहरी कर्यालय महोत्तरीले जनाएको छ ।
यता ट्रकका चालक उदयपुरको कटारी नगरपालिका –१ का गणेश बहादुर बिश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: २०२५-०२-०७ , समय : ११:५२:२४ , १ दिन अगाडि