आईसीपीको ग्रीन च्यानल मार्फत तस्करी : मदन रून्चेको गोदाममा बारम्बार प्रहरीको छापा

मिति: २०२५-०२-०२ , समय : ०९:००:३० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । सशस्त्र प्रहरी बलले भन्सार छली गरेर भित्र्याइएको ५० लाख ९३ हजार मूल्य बराबरका कपडा तथा हार्डवेयरका सामान बरामद गरेको छ । भारतबाट भन्सार राजश्व छलेर वीरगन्जमा ल्याई आदर्शनगरस्थित गोदाममा भण्डारण गरिएको आशंकामा सशस्त्र प्रहरीले छापा मारेको हो ।सोमबार बिहान ७ बजेतिर प्रतावित सीमा सुरक्षा गुल्म वीरगन्जका सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलीले आदर्शनगरको ट्रान्सपोर्ट क्षेत्रमा रहेको एक गोदाममा छापा मारेको थियो । तस्कर मदन गुप्ता ऊर्फ रुन्चेको गोदामबाट सशस्त्र प्रहरीले छापामारी गरेर तस्करीको कपडा र हार्डवेयरको सामान बरामद गरेको छ । वीगञ्जको आदर्शनगरस्थित जय माँ दुर्गा करियर (ट्रान्सपोर्ट) को गोदामबाट २९ पोका कपडा र हार्डवेयरको सामान बरामद गरेको भएता पनि वीरगञ्ज भन्सार कार्यालयमा सामान दाखिला गर्दा सामान कहाँबाट र कसकोबाट आएको भनी केही उल्लेख गरिएको छैन । गत चैत महिनामा जय माँ दुर्गा करियर (ट्रान्सपोर्ट) मा २० लाख बराबरको तस्करीको सामान बरामद गरी तत्कालीन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले सो तस्करीको सामान मदन गुप्ता ऊर्फ रुन्चेको भएको प्रहरी प्रतिवेदन वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको थियो । गत वैशाखमा सुरक्षा गुल्मका तत्कालीन इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको नेतृत्व खटेको टोलीले ६६ लाखको कपडा, काजु, स्टिलका भाँडावर्तन, ग्याँस चुल्हा, लहँगा , सर्टिङ्ग सुटिङ्ग लगायतका सामान जय माँ दुर्गा करियर (ट्रान्सपोर्ट)बाट बरामद गरेर वीरगञ्ज भन्सारमा दाखिला गराउँदा पनि मदन गुप्ता ऊर्फ रुन्चेमाथि कुनै कारबाही भएन ।
वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) को ‘ग्रीन च्यानल’ मार्फत तस्करी भइरहेको खुलासा भएको छ । तस्करी भइरहेको खुलासा वीरगञ्ज भन्सार कार्यालयमै आयोजित एक कार्यक्रममा वक्ताहरुले गरेका हुन् । प्रतिनिधि सभाको अर्थ समितिले भन्सार विधेयक संशोधन सम्बन्धी आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले आईसीपीका कर्मचारीहरूको मिलेमतोमा तस्करी भइरहेको बताएका थिए । उनीहरूले तेस्रो मुलुकबाट कम भन्सार महसुल भएका सामानको बदलामा महँगा सामान भित्र्याउने कार्य भइरहेको र यसलाई रोक्न कानून संशोधन आवश्यक रहेको सुझाव दिएका छन् । साथै ‘ग्रीन च्यानल’ बाट जाने सामानहरूको पनि सुरक्षा निकायले चेकजाँच गर्न पाउने व्यवस्था लागू गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभाको अर्थ समितिले भन्सार विधेयक संशोधन सम्बन्धी आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले आईसीपीका कर्मचारीहरूको मिलेमतोमा तस्करी भइरहेको बताएका थिए । उनीहरूले तेस्रो मुलुकबाट कम भन्सार महसुल भएका सामानको बदलामा महँगा सामान भित्र्याउने कार्य भइरहेको र यसलाई रोक्न कानून संशोधन आवश्यक रहेको सुझाव दिएका छन् । साथै ‘ग्रीन च्यानल’ बाट जाने सामानहरूको पनि सुरक्षा निकायले चेकजाँच गर्न पाउने व्यवस्था लागू गर्नुपर्नेमा जोड दिएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले राज्यको नीतिका कारण तस्करी मौलाउँदै गएको आरोप लगाउँदै उपभोग्य वस्तुमा धेरै भन्सार लगाउँदा ती वस्तुहरू गलत बाटोबाट आउने गरेको बताए।
वीरगञ्ज भन्सार कार्यालय आईसीपीले गत श्रावणदेखि पुसको महिनासम्म वार्षिक लक्ष्यको जम्मा ३६.५६ प्रतिशत राजस्व संकलन गरेको छ । यो अवधिका लागि १ खर्ब ४ अर्ब १८ करोड २९ लाख राजस्व संकलनको लक्ष्य राखेको भए पनि ८० अर्ब ५ करोड ५१ लाख मात्र संकलन हुन सकेको छ । वीरगञ्ज भन्सार कार्यालयमा आउने हाकिमहरु प्रायः शक्तिकेन्द्रको आशीर्वाद प्राप्त गरेर आउने भएकोले उनीहरुले सरकारी राजस्व भन्दा व्यक्तिगत असुलीमा बढी ध्यान दिने गरेकोले विगत केही वर्ष देखि वीरगञ्ज भन्सारले लक्ष्य भेटाउन सकेको छैन ।
वीरगञ्ज भन्सार कार्यालय आईसीपीका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक आएदेखि भन्सारले लक्ष्य भेटाउन सकेको छैन । पाठकले मन पर्ने व्यापारीको एच.एस कोड परिवर्तन गरी छुट दिने र मन नपरेको व्यापारीलाई दुःख दिने गरेको व्यापारीहरुको आरोप छ । पाठकको टोलीमा अधिकृतहरु दिब्यरञ्जन दाहाल, माधव भण्डारी, प्रकाश निरौला र दीपेन्द्र चौरसिया, नासु हरिबोल काफ्ले, सुवर्ण पौडेल र भोजराज रेग्मी रहेका छन् । वीरगञ्ज भन्सार कार्यालयमा दामोदर राठी,राजकुमार मोदी,कमल टिब्रेवाल,प्रमोद जैन, राजभक्त श्रेष्ठ र नन्द किशोर मल्ल लगायतका भन्सार एजेण्टहरुको सधैंभरि बर्चस्व रहदै आएको छ । एजेण्टहरुले छोटो अवधिमा अकुत सम्पति आर्जन गरेका छन् । नव जनप्रहारबाट

प्रकाशित मिति: २०२५-०२-०२ , समय : ०९:००:३० , 3 months अगाडि