मधेस प्रदेश : स्रोत नखुलेको १६ लाख बढी रकमसहित २ पक्राउ

मिति: २०२५-०२-०२ , समय : ०८:५१:४० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशबाट स्रोत नखुलेको १६ लाख भन्दा बढी रकमसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर नगरपालिका– ४ का शिवमंगल साह र प्रवेज आलम रहेको सशस्त्र प्रहरी बल नम्बर ११ गणका उपरीक्षक विक्रम हुमागाईंले जानकारी दिए ।
रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ४ महुलियाबाट सशस्त्र प्रहरी बलले १६ लाख ४९ हजार २०० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनीहरू पक्राउ परेको एसपी हुमागाईंले जानकारी दिए । यता बरामद गरिएको नगद, मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय पठाइएको उपरीक्षक हुमागाइले बताए ।

प्रकाशित मिति: २०२५-०२-०२ , समय : ०८:५१:४० , 3 months अगाडि