महाकुम्भमा भागदौड हुदा सप्तरीकाे तिलाठी कोइलाडीका दुई जना सम्पर्कविहीन
मिति: २०२५-०१-३० , समय : १५:२३:०५ , गामघर डेस्क
मिति: २०२५-०१-३० , समय : १५:२३:०५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागिरहेको महाकुम्भ स्नानका क्रममा बुधबार बिहान भएको भागदौडमा सप्तरीका दुई जना सम्पर्कविहीन भएका छन् ।
तिलाठी कोइलाडी गाउँपालिका वडा न.१ की ६० वर्षीया सुनैनादेवी झा बुधबार बिहानदेखि महाकुम्भ मेलाबाट सम्पर्कविहीन भएको उनका छोरा ललित झाले जानकारी दिए ।
४ दिनअघि सुनैनादेवीसहित ८ जनाको पारिवारिक समूह कुम्भ स्नानमा गएका थिए । यस्तै तिलाठी कोइलाडी-३ सकरपुराका ६५ वर्षीय बुलबुल खंग पनि बुधबार बिहानदेखि महाकुम्भ मेलास्थलबाट हराइरहेको वडाध्यक्ष रमेश मुखियाले बताए ।
परिवार र समूहका सदस्यले स्थानीय सुरक्षाकर्मीको समन्वयमा हराइरहेकाको खोजी भइरहेको छ ।
सप्तरी जिल्लाको विभिन्न स्थानबाट सयौँको संख्यामा तीर्थालुहरु महाकुम्भ स्नानमा गएका छन् । यहाँबाट अहिलेसम्म ५० भन्दा बढी बसमा तीर्थालुहरु महाकुम्भमा गएको बस बुकिङ गर्दै आएका विजय गुप्ताले बताए । यस्तै दैनिक रूपमा ५ वटादेखि १५वटासम्म स्कर्पियोमा महाकुम्भ जाने तीर्थालुहरु भारत जाने गरेको सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मी बताउँछन् । इकान्तिपुरबाट
प्रकाशित मिति: २०२५-०१-३० , समय : १५:२३:०५ , १८ घन्टा अगाडि