मधेस प्रदेश : गोदाममा सशस्त्र प्रहरीको छापा, झण्डै ५० लाख बढीको सामान बरामद

मिति: २०२५-०१-२८ , समय : ०८:०६:०९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । सशस्त्र प्रहरी बलले भन्सार छली गरेर भित्र्याइएको ५० लाख ९३ हजार मूल्य बराबरका कपडा तथा हार्डवेयरका सामान बरामद गरेको छ ।भारतबाट भन्सार राजश्व छलेर वीरगन्जमा ल्याई आदर्शनगरस्थित गोदाममा भण्डारण गरिएको आशंकामा सशस्त्र प्रहरीले छापा मारेको हो । सोमबार बिहान ७ बजेतिर प्रतावित सीमा सुरक्षा गुल्म वीरगन्जका सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलीले आदर्शनगरको ट्रान्सपोर्ट क्षेत्रमा रहेको एक गोदाममा छापा मारेको थियो।
त्यसक्रममा गोदमभित्र भण्डरण गरी राखिएका ३० पोका कपडा र हार्डवेयरका सामानहरू सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्साले जनाएको छ ।नियन्त्रणमा लिइएका ती सबै सामान भन्सार राजश्व छलेर चोरी पैठारी गरेर ल्याइएका सामानहरू रहेको उनले दाबी गरे। बरामद कपडा र हार्यवेयरका सामानको बजार मूल्य ५० लाख ९३ हजार ७ सय रुपैयाँ रहेको बताइएको छ । यता सशस्त्र प्रहरीका अनुसार बरामद सामानलाई आजै वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ।

प्रकाशित मिति: २०२५-०१-२८ , समय : ०८:०६:०९ , ३ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित