मधेस प्रदेश : दुईवटा मोटरसाईकल ठोकिदा एक जनाको मृत्यु

मिति: २०२५-०१-२५ , समय : १०:१३:२६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको धनुषाको जनकपुरमा दुईवटा मोटरसाइकल ठोक्किएर एकजनाको मृत्यु भएको छ । मधेस भवन अगाडि भएको मोटरसाइकल दुर्घटनामा धनुषाको लक्ष्मीनिया गाउँपालिका-१ सोहनीका ५० वर्षीय देवेन्द्र यादवको मृत्यु भएको हो ।

उनी मधेश सरकारकोभौतिक पूर्वाधार मन्त्रालयका सवारी चालक थिए ।
यता धनुषाका प्रहरीका प्रवक्ता बरुणबहादुर सिंहका अनुसार ज १ ब ७५५ नम्बरको मोटरसाइकलमा सवार भएर मन्त्रालय गइरहेका यादवलाई मधेस प्रदेश २- ०२-००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीरया घाइते भएका यादवलाई उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी जनाएको छ ।

प्रकाशित मिति: २०२५-०१-२५ , समय : १०:१३:२६ , २ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित