अत्यधिक चिसो र शीतलहरले सप्तरी सहित मधेस प्रदेशको जनजीवन प्रभावित
मिति: २०२५-०१-२४ , समय : १४:५५:५१ , श्रीकान्त यादब
मिति: २०२५-०१-२४ , समय : १४:५५:५१ , श्रीकान्त यादब
श्रीकान्त यादब
राजविराज । अत्यधिक चिसो र शीतलहरका कारण सप्तरीको राजविराज सहित मधेश प्रदेशको जनजीवन प्रभावित बनेको छ ।
गएको सोमवार दिउँसोदेखि घाम उदाएको भए पनि मंगलवारदेखि एकाएक चलेको चिसो हावा र गएराति शीतको वर्षा भएपछि मधेशमा अत्यधिक चिसो महसूस गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
धनुषासहितका धेरै जिल्लामा बितेको तीन दिनदेखि घाम उदाएको छैन । शीतलहर र शीतको वर्षा पनि भइरहेको छ । अत्यधिक चिसो र घाम अभावका कारण ग्रामीण जनजीवन ठप्प छ । दैनिक ज्याला, मजदूरी गर्नेहरू मारमा परेका छन् । मधेशको जनजीवन १० बजे बिहानसम्म ठप्प हुने गरेको छ । चिसोबाट गरिब विपन्नहरूलाई धेरै समस्या भएको छ । स्थानीय बासिन्दाले आगो तापेर तथा ग्रामीण भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् ।
शीतलहर र चिसो हावा अझै केही दिनसम्म रहने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान साढे ९ बजे शीतलहर बिशेष बुलेटिन निकालेर कोशी, मधेश र लुम्बिनी प्रदेशअन्तर्गतका तराई मधेश क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ ।
३ वटै प्रदेशका तराई मधेशमा अहिले पनि हुस्सु तथा कुहिरो लागिरहेको र दिउँसो सामान्य सुधार भएको भए पनि बेलुका पुनः हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।
प्रकाशित मिति: २०२५-०१-२४ , समय : १४:५५:५१ , ११ घन्टा अगाडि